बालगायक प्रिन्स पहिलो गीत‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को भिडियो छायाँकनमा व्यस्त

चितवन, पुस १५ । चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्यूजिक भिडियोको छायांकन थालिएको छ ।

उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्यूजिक भिडियोमा अहिले उनी व्यस्त छन् । चितवनको सौराहामा सुन्दर पोसाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्स मोडलिङमा जम्दैछन् । निशा पाण्डे र जेनी धमलासँग उनले मोडलिङमा रोमान्स गरेका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्यूजिक भिडियो छायांकनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेका निर्देशक सञ्जय पाण्डेले बताए । यसअघि प्रिन्सले दशैंको अबसरमा उमंगले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए ।

‘गायनम जस्तै राम्रो प्रस्तुति मोडलिंगमा प्रिन्सले देखाएका छन्,’ गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापाले भने । ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो । दोस्रो गीत ‘दशैं मनाउने हो’ म्यूजिक भिडियोका साथ दशैं अघि नै बजारमा आएको थियो । यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए ।

बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको प्रिन्सका बुबा रमेश सिल्लवालले जानकारी दिए ।

सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन भने चक्र महर्जनले गरेका हुन् । भिडियोमा थारु संस्कृतिसँगै सौराहाको पर्यटकिय र प्राकृति रमणीय दृष्यहरु देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्