गायक पुष्कल शर्माको आइटम गीत ‘मेरो आँखा‘ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, पुस १५ । झझल्को म्युजिक प्रालिको प्रस्तुतिमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ ।

धेरै रोमान्टिक गीतलाई आमदर्शक माझमा निकै समयपछि बजारमा ल्याउँदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा शुत्र लामा, राज मगर, डेनिसा खड्का र शर्मिला मगरको रोमाञ्चक अभिनयसहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ, छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला–

कमेन्ट गर्नुहोस्