सुनचाँदीको बजार मूल्य अवस्था कस्तो छ ?

काठमाडौं, पुस १३ ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

शुक्रबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबा तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

शुक‍्रबार चाँदीको मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय ४५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्