भक्तपुरको त्रिशुल डाँडामा भेटिए यस्तो डरलाग्दो अघोर बाबा

भक्तपुर, पुस १५ । कलकत्तामा जन्मिएका कालिनाथ अघोर बाबा नेपाललाई आफ्नो कर्मभुमी मान्दछन् । उनी नेपालमा २०२२ सालमा आएका थिए । उनी २६ वर्षदेखि भक्तपुरको त्रिशुल डाँडामा बस्दै आएका छन् ।

सेतै फुलेको कपाल, गलाभरी थरीथरीका माला पहिरिएर बस्ने यी अघोरबाबाले कन्दमुलमात्र खाने गर्दछन् । उनलाई चामल वा अन्य खानेकुरा खाएमा स्वास्थ्य नै बिग्रिने गर्दछ ।

नेपालको वातावरण, ठुला–ठुला हिमाल र प्राकितिक सौन्दर्यले उनलाई तानेको उनी बताउँछन् । उनी तिर्थस्थलहरु प्राय घुमिसकेका छन् । उनी विकास निर्माण कार्यमा पनि लागेका छन् । उनको अनुसार, पाँचखालमा बाटो बनाउने, बालबालिकाको लागि विद्यालय देखि विभिन्न ससाना मन्दिरको स्थापना गरेका छन् । उनले अघोरको काम भनेको जनकल्याण गर्नु बताए । उनले २०७२ सालको भुकम्प गएको बखतमा भत्किएको स्कुलको पुर्ननिर्माण पनि गरेका छन् । उनलाई एक अमेरिकन साथीले दिएको पैसा स्कुलको निर्माणमा लगाएको उनको भनाई छ।

उनलाई भेट्न पहिलाका राजाहरु पनि हेलिकप्टरबाट आउने गरेको बताए । उनी भन्छन, ‘राजा र राजकुमारहरुसँग मेरो सम्बन्ध राम्रो थियो ।’ उनले थपे, ‘राजसंस्था मलाई मनपर्छ । ज्ञानेन्द्र सरकारको हातबाट मैले झण्डा, पञ्चमुखी हनुमान ल्याए ।’ जनताले चाहे भने राजसंस्था आउने बताए।

अघोरी बाबा र अघोर बाबा अलग रहेको बताउने उनी भन्छन, ‘अघोर बाबाले कन्दमुलमात्र खाने गर्छन भने अघोरी बाबाको खानपानमा रोक छैन र मान्छेको मासुपनि खान्छन तर नेपालमा अघोरी बाबाले मान्छेको मासु खाएको देखेको छैन ।” उनी हालै त्रिसुल डाँडामा गोरखनाथ मन्दिरको स्थापना गर्नेमा लागि परेका छन्।

कमेन्ट गर्नुहोस्