गुराँस इन्सुरेन्सले गर्यो बीमा दाबीको भुक्तानी

भद्रपुर, पुस १५ । गुराँस लाइफ इन्सुरेन्स कम्पनी क्षेत्रीय कार्यालयले बीमित झापा भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर आइतबार उनका परिवारलाई बीमाबापतको रकम रु २० लाख ४९ हजार हस्तान्तरण गरेको छ ।

किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत इलाममा रु १० लाखको जीवन बीमा र रु १० लाखको दुर्घटना बीमा गरेका थिए । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उनको निधन भएकाले पाउने बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली घरमै पुगेर पिता कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । उक्त कम्पनीले चालू आवको साउनयता रु एक करोडभन्दा बढी बीमाको भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले जानकारी दिए। रासस

कमेन्ट गर्नुहोस्