प्रदेश २ बाट श्रम स्वीकृति दिन शुरु, सेवा लिने दुईजना सम्मानित

जनकपुर, पुष १५ । प्रदेश नम्बर २ को जनकपुर श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवा प्रदान गर्न शुरु गरेको छ । आइतबारदेखि कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको हो । आज पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मानसमेत भएका छन् ।

कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिन सम्मानित भएका हुन् ।

सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए ।

श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो ।

कमेन्ट गर्नुहोस्