‘बिग ब्यास लिग’ मा सन्दीपले सिकाए नेपाली गीत ! [भिडियोसहित]

काठमाडौं, पुष १५ । क्रिकेटर सन्दीप लामिछानेले आफूले ‘मन छुने’ गीत मन पराउने बताएका छन् । अस्ट्रेलियाको बहुप्रतिष्ठित बिगब्यास लीगमा मेलबर्न स्टारको तर्फबाट खेलिरहेका सन्दीपले मेलबर्न स्टारकै अर्का बलर ड्यानियल वोरलसँगको रमाइलो कुराकानी च्यानल सेभेनले प्रसारित गरेको हो ।

कुराकानीका क्रममा सन्दीपले गिटार बजाउँदै ‘यो झरीमा तिमीसँगै झुमुँ झुमुँ लाग्यो..’ बोलको गीत समेत गएका थिए । उता वोरलले पनि सन्दीपका लागि ‘शी इज माइ प्राइड एन्जेल..’ बोलको गेट गएका थिए । दुवै युवा खेलाडीहरूले वेस्टइन्डिजका क्रिकेटर डीजे ब्राभोको प्रसिद्ध गीत ‘च्याम्पियन…’ समेत गएका थिए ।

कमेन्ट गर्नुहोस्