सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ महिला खेलाडी

एजेन्सी । सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीमा टेनिस खेलाडीको दबदबा रहेको छ । सर्वाधिक आम्दानी गर्ने पाँच महिला खेलाडी मध्ये सबै टेनिस खेलाडी नै रहेका छन् ।

यो वर्ष सर्वाधिक कमाउने खेलाडीको सूचीमा सेरेना विलियम्स परेकी छन् भने रसियन सुन्दरी मारिया सारापोभा पाँचौ स्थानमा रहेकी छन् । यी हुन् सर्वाधिक कमाइ गर्ने महिला खेलाडी :

सेरेना विलियम्स

विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्– सेरेना विलियम्स । अमेरिकाकी यी महिला टेनिस खेलाडीले एक दशक भन्दा बढी समययता महिला स्पर्धामा एक छत्र राज गरिरहेकी छन् ।

उनी लामो समय नमबर १ खेलाडी पनि हुन् । त्यसैको कारण हो, उनी सन् २०१८ मा पनि सर्वाधिक कमाउने खेलाडी भएकी छिन् । सेरेनाको कुल आम्दानी १ करोड ८० लाख डलर रह्यो । उनले यही वर्षदेखि आफ्नै नाममा फेसन कलेक्सन पनि बजारमा उतारेकी छन् ।

क्यारोलिन वाज्निस्की

महिला खेलाडीका लागि सर्वाधिक कमाृउने खेल हो, टेनिस । क्यारोलन वाज्निस्की पनि टेनिसकै खेलाडी हुन् । र उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको दोस्रो स्थानमा छिन् ।

उनको आम्दानी १ करोड ३० लाख डलर रह्यो । क्यारोलिन कोर्टमा खासै सफल खेलाडी होइनन्, त्यसैले उनले धेरै उपाधि जितेकी छैनन्, तर पनि उनी लोकप्रिय छिन् । यी टेनिस खेलाडीको आम्दानीको ठूलो अंश ब्यापारिक प्रयोजनबाट प्राप्त हुन्छ ।

सलोनी स्टेफन्स

सलोनी स्टेफेन्स पनि अमेरिकी टेनिस खेलाडी नै हुन् । सेरेना विलियम्सको सफलताबाट प्रेरणा लिएर कोर्टमा ओर्लिएकी सलोनीले यूएस ओपन विजेतयता ख्याती कमाउन थालिन् र त्यसकै परिणामस्वरुप उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको तेस्रो स्थानमा छिन् । सलोनीले यो वर्ष १ करोड १२ लाख डलर कमाएकी छिन् ।

ग्याब्रिन मुगुरुजा 

भेनेजुली मूलकी स्पेनिस खेलाडी हुन्– ग्याब्रिन मुगुरुजा । सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको शीर्ष पाँचमा पूर्णतः टेनिसकै वर्चश्व छ र यसक्रममा उनी चौथो स्थानमा छिन् । विश्व टेनिसमा उनको चर्चा विम्बल्डन जितेयता सुरु भएको हो । सन् २०१८ मा उनले १ करोड १० लाख डलर कमाइन् जसमध्ये आधा रकम व्यापारिक प्रायोजनबाट प्राप्त भएको हो ।

मारिया सारापोभा

रुसी टेनिस सुन्दरी हुन्– मारिया सारापोभा । सन् २०१८ मा उनी कोर्टमा खासै सक्रिय रहिनन्, तर पनि उनको आम्दानी १ करोड ५ लाख डलरको हाराहारीमा रह्यो र त्यसको प्रमुख कारण थियो, उनको सुन्दरता र लोकप्रियता ।

प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग प्रकरणमा फसेपछि लामो समय प्रतिबन्ध झेलेकी सारापोभाको आम्दानीको ठूलो हिस्सा विज्ञापन तथा व्यापारिक प्रायोजनबाट प्राप्त हुन्छ । साप्ताहिकबाट साभार ।

कमेन्ट गर्नुहोस्