नेपाल आइडल रवि ओड ‘जापान टुर’ का लागि राजधानी फर्किदै

काठमाडौं, पुष १५ । दोस्रो नेपाल आइडल रवि ओड जापान भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछन् । मातृ शोकको पीडामै रहेका उनी विदेश भ्रमणको पूर्वयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि आइतबार साँझ काठमाडौं आउन लागेका हुन् ।

जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन् । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोलि जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजकले जनाएको छ ।

नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।

कमेन्ट गर्नुहोस्