पास होलान त चोलेन्द्र श्रीमान ? सांसदहरुले सोधे यस्ता प्रश्न

काठमाडौं, प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबरामाथिको सुनुवाईका क्रममा सांसदहरुले कडा प्रश्न तेस्र्याएका छन् ।

आजको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसा, पूर्णा कुमारी सुवेदी लगायतले प्रश्न सोधेका थिए ।

बैठकमा सदस्य योगेश भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसकेको बारे प्रश्न सोधेका थिए। यस्तै उनले ‘सुनुवाइबाट कति नम्बरको आशा राख्नु भएको छ ?’ भन्दै राणालाई सोधेका थिए। उनले अघि सोधे, ‘संसदबाट अस्वीकृत व्यक्ति पनि सर्वोच्च अदालतमा न्यायाधीश भएर बसेका छन्। के भन्नुहुन्छ रु’

यस्तै पुष्पा भुसालले न्यायीक भ्रष्टाचार रोक्ने योजनाबारसे प्रश्न राखेकी थिइन्। सुवेदीले भने गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण के हो रु भन्दै बैठकमा सोधेकी थिइन्। बैठक सुरु भए पनि सुनुवाई सम्पन्न भएको छैन।

कर्मचारीको आन्दोलनका कारण आज राणाले जवाफ भने दिन सकेनन् ।

मंगलबार सम्मका लागि बैठक स्थगित गरिएको हो। राणाले पनि मंगलबार नै आफूमाथिका प्रश्नको जवाफ दिने छन्।

कमेन्ट गर्नुहोस्