चमत्कार नै गरेर देखाए प्रचण्डले !

गति र आवेगको जीवन मन पराउने प्रचण्डको पार्टीभित्र अर्को चमत्कार

बाहिर हेर्दा कन्सपाइरेसी थ्योरीका अनुयायीका लागि प्रचण्ड राम्रो चर्चाको विषय हुन । कारण, उनका बारेमा कैयन आँकलन हुन्छन । कैयन चर्चा हुन्छन् । तर यथार्थमा यी सबै कन्सपाइरेसी थ्योरी मात्रै हुन्छन् । वास्तविकता अलग्गै हुन्छ ।

***

गोकर्ण भट्ट । राजनीतिक बृत्तमा आँकलन र ‘गसिप’हरु चलेका थिए बिभिन्न थरिका । कतिपयले भन्थे– प्रचण्डले माधव नेपाल समूहलाई ओलीविरुद्ध प्रयोग गर्न खोजेका छन् । कतिपयको भनाई हुन्थ्यो– माधव नेपाल भन्दा ओली समर्थकले नै साथ दिन्छन् । स्थायी कमिटिकै बैठक चलिरहँदा पनि कतिपयले भने– हैन, प्रचण्डले के गरेका हुन, कम्तीमा यति आलोचना हुँदा ओलीको साथ दिनु पर्छ नि ?

कतिपयले वामदेवलाई प्रतिवेदन लेख्न पनि प्रचण्डले नै लगाएको समेत भने ।

राजनीति न हो ।  हरेक चियाको चुस्कोसँगै मानिसका धारणा ।

सत्य के हो, वास्तविकता के हो बुझ्न चाहँदैनन मानिसहरु ।

सबैका आफ्ना आफ्ना धारणा ।

तर स्थायी समितिको अन्तिम दिनको अघिल्लो दिन प्रचण्डले यी सबै आरोप मज्जैले ‘साफ’ गर्न सफल भए ।
अनि राजनीतिक बजारमा प्रचण्ड छाए ।

चर्चा चुलियो ।

पूर्व एमालेजनहरुको प्रतिक्रियासहित समाचार बने– प्रचण्डको सम्बोधनले एमाले पंक्ति उत्साहित, सकारात्मक आदि इत्यादी ।
यो पंक्तिकारलाई कुनैबेला एकजना माओवादी नेताले भनेका थिए– प्रचण्डलाई बुझ्नु त्यति सजिलो छैन । तर उनलाई बुझियो भने राजनीति बुझ्न पनि गारो छैन ।

अहिले आएर प्रचण्डको भूमिका र देशको राजनीति हेर्दा सबैले भनिरहेका छन्– हो, है, वास्तवमा प्रचण्डले धेरै कुरा सोचेरै एकताको कुरा गरेका रहेछन् । जबकि, एकताको निर्णय गरेपछि प्रचण्डको कदमको मनैबाट समर्थन गर्ने एक हुल मानिस मात्र थिए ।

बाहिर हेर्दा कन्सपाइरेसी थ्योरीका अनुयायीका लागि प्रचण्ड राम्रो चर्चाको विषय हुन । कारण, उनका बारेमा कैयन आँकलन हुन्छन । कैयन चर्चा हुन्छन् । तर यथार्थमा यी सबै कन्सपाइरेसी थ्योरी मात्रै हुन्छन् । वास्तविकता अलग्गै हुन्छ । प्रचण्डले सोचेको कुरा, उनले खोजेको कुरा र उनले फडको मार्न खोजेको कुरा परिणाम देखिएपछि मात्रै छर्लङ्ग हुन्छ । अनि मानिसहरुले जिब्रो टोक्छन् ।

‘ओहो, यस्तो पो’ मानिसहरुको मुखबाट निस्किन्छ ।

अनि भन्छन– यो प्रचण्ड कस्तो मान्छे हो, यो नभई त पात पनि नहल्लिने भो ।

नेपालको राजनीतिलाई दुई दशक बढी समयदेखि आफ्नो एजेण्डा वरिपरि डोर्याएका छन् प्रचण्डले ।

र, कतिपय पाइलामा उनी डग्मगाएपनि उनी सधैं अघि बढेका छन् ।

सधैं गतिवान

सधै आवेगपूर्ण ।

एमालेसँगको एकता पनि यस्तै आँकलनहरुलाई खोलामा मिल्क्याउन सफल एउटा कदम थियो ।

कसैले नसोचेको, नचिताएको, शंका, उपशंकामिश्रित कदम ।

तर अहिले आएर प्रचण्डको भूमिका र देशको राजनीति हेर्दा सबैले भनिरहेका छन्– हो, है, वास्तवमा प्रचण्डले धेरै कुरा सोचेरै एकताको कुरा गरेका रहेछन् ।
जबकि, एकताको निर्णय गरेपछि प्रचण्डको कदमको मनैबाट समर्थन गर्ने एक हुल मानिस मात्र थिए ।

स्वयं उनको पार्टीभित्र पनि कैयन आशंका र प्रश्न बाँकी थिए ।

उनको सम्बोधन पार्टी एकता किन गर्नुपर्ने भन्नेबाट शुरु भयो न कि आलोचनाको जवाफ दिनुबाट ।

यसपटकको स्थायी कमिटिको बैठकमा प्रचण्डले आफू र आफूसँग जोडिएर चलेका सबै चर्चाहरु मिथ्या रहेको प्रमाणित गरे ।
उनले व्यक्ति या समूहको कुरा गरेनन् ।

आफू कसरी बलियो हुने ? माधव नेपाल या वामदेव ? या ओली या अरु ? कसलाई खुसी पार्ने भन्नेतर्फ उनी गएनन् ।
उनले तत्कालको स्वार्थ हेरेनन् ।

बरु उनको सम्बोधनले एउटा ऐतिहासिक आवश्यकतालाई गम्भीर ढंगले बोध गराउन सफल भए ।

उनको सम्बोधन पार्टी एकता किन गर्नुपर्ने भन्नेबाट शुरु भयो न कि आलोचनाको जवाफ दिनुबाट ।

पार्टी एकता किन भयो भन्ने विषय चानचुने विषय होइन ।

सरकार या पार्टीको भूमिका, चरित्र, कार्यशैली जे को कुरा गरेपनि पार्टी एकता गर्नुको मूल कारण र यसको औचित्य बुझ्नु जरुरी हुन्छ भन्नेमा उनले जोड दिए ।
र, यो नै बस्तुगत सत्य पनि थियो ।

पार्टी एकता एउटा महान उद्देश्यले गर्ने अनि छलफल चाहिँ संकीर्ण भएर ?

यो परस्पर अन्तरविरोधी कुरा हुन्थ्यो ।

प्रचण्डले यसमा नै प्रहार गरे ।

प्रचण्डले कुनै समूहको रक्षा गर्ने काम गरेनन । उनले नेतृत्वको पनि आलोचना गरे, आफ्नै आलोचना गरे । पार्टीभित्रको गलत संस्कार र पद्दतीको आलोचना गरे । सकारात्मक पक्षहरु औंल्याए ।

र, सबैभन्दा ठूलो कुरा उनले कम्युनिष्ट पार्टीको भविष्य देखाउन सफल भए ।

पार्टीको मात्र होइन, पार्टीले खोजेको भविष्य निर्माण गर्न पार्टीको हुनुपर्ने भूमिकाको उनले चर्चा गरे ।

यो जरुरी थियो ।

यसले नै उनको महानता झनै चुलिएर गयो ।

यो चमत्कार भन्दा कम्ता थिएन ।

इतिहासमा यस्ता चमत्कार गर्न प्रचण्ड माहिर राजनीतिज्ञ हुन ।

नेपालमा कम्युनिष्ट आन्दोलनमा माओ स्कूलिङलाई विकास गर्दै जनयुद्द र शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य, १६ बुँदे सम्झौता र तुलनात्मकरुपमा जनपक्षिय संविधान, वामपन्थीहरुको एकता र दुई तिहाई बहुमतको सरकार । यी सबै चमत्कार भन्दा कम होइनन् ।

यही चमत्कार अन्तर्गत पार्टी एकता र अहिले पार्टी एकताभित्र गुटका ऐंजेरुहरुलाई चिर्ने उनको प्रयास ।

प्रचण्ड अहिले यही कुरामा सफल भएका छन् ।

स्थायी कमिटिको बैठकमा यदि प्रचण्डले त्यसरी संश्लेषण नगरेको भए, त्यसरी सबै कुराको मसिनो किसिमले विश्लेषण नगरेको भए त्यो आलोचना प्रत्यालोचनामा मात्र सीमित हुन्थ्यो ।

पूर्व एमालेको संगठन जति बलियो थियो त्यति नै बलियो गुटको समस्या । एकले अर्कोलाई निषेध गर्ने समस्या । बाहिर जालो मजबूत भएर त्यो एउटा पार्टी थियो । नत्र हेर्ने हो भने पूर्व एमाले जस्तो गुटको समस्या नेपाली कांग्रेसमा पनि छैन भन्दा हुन्छ । र, यही गुटको कारण पूर्व एमालेले इतिहासमा निर्णायक गोल गर्न सकेन ।

अहिले पार्टी एकता भएपछि यो गुटको मानसिकता भत्किुनपर्ने थियो । तर त्यसो भएन । झन बलबती भएर गयो । खासगरी ओली र माधव नेपाल समूहबीचको दूरी झनै आकाशियो । सरकार सञ्चालनमा पनि यसको प्रत्यक्ष असर पर्नु स्वभाविकै थियो । यता पूर्व माओवादी केन्द्रमा असहमतिहरु भएपनि त्यस्तो स्थायी प्रकृतिको गुटको समस्या भने थिएन । तर पनि एमालेभित्रको गुटको समस्याले माओवादीभित्र पनि असर नपर्ला भन्ने अवस्था थिएन ।

सम्भवतः यही अवस्था बुझेर प्रचण्डले यी गुटहरु भत्काउने र सिँगो पार्टीलाई उज्ज्वल नेपाली समाजको निर्माणका लागि क्रान्तिकारी स्पिरिटसहितको कम्युनिष्ट पार्टी निर्माणका लागि पहलकदमी गरेको हुनुपर्छ । त्यसैले उनले कुनै अमुक गुटको कुरा नगरी पद्धतीको कुरा गरे । विचार र सिद्धान्तको कुरा गरे । दायित्व र जिम्मेवारीको कुरा गरे ।

स्थायी कमिटिको बैठकमा यदि प्रचण्डले त्यसरी संश्लेषण नगरेको भए, त्यसरी सबै कुराको मसिनो किसिमले विश्लेषण नगरेको भए त्यो आलोचना प्रत्यालोचनामा मात्र सीमित हुन्थ्यो । तर उनले आलोचना, प्रत्यालोचनालाई संश्लेषण गर्दै बहस र छलफललाई नयाँ उचाईमा पुर्याउन सफल भए ।
यो उनको चमत्कार नै थियो ।

यसले समग्रमा पार्टी र सरकारलाई नै सकारात्मक दिशा र उर्जा प्रदान गर्ने कुरामा शंका रहन्न ।

उनले यसो गर्न सके, किनभने उनी प्रचण्ड हुन ।

कमेन्ट गर्नुहोस्