८२ वर्षको उमेरमा बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन

मुम्बइ, पुस १६ । बलिउड क्षेत्रका चर्चित अभिनेता एवं हाँस्य कलाकार कादर खानको निधन भएको छ । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केही समय अघिदेखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो ।

८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।

कमेन्ट गर्नुहोस्