परिवार नियोजनबारे जान्नैपर्ने पाँच वटा उत्तरहरु

परिवार नियोजन भनेको के हो ?

बच्चा जन्माउने र नजन्माउने , कहिले, कति जना र कति समयको अन्तरालमा बच्चा जन्माउने भन्ने बारेमा परिवारको योजनालाई परिवार नियोजन भनिन्छ ।

परिवार नियोजनका लागि विभिन्न गर्भनिरोधक साधनहरु प्रयोग गर्न सकिन्छ । जसले गर्भधारण हुन नदिने या गर्भवाती हुनबाट बचाउने तथा इच्छाको समयमा मात्र गर्भवती हुन मदत गर्दछ ।

परिवार नियोजनका स्थायी र अस्थाई साधनहरु केके हुन ?

अस्थाई साधनहरु के के छन् ?

(क) पुरुष कण्डम

(ख) महिला कण्डम

(ग) कपर – टी

(घ) खाने चक्की

(ङ) लगाउने सुई जस्तै डिपोप्रोभेरा अथवा तीन महिने सुई

(च) पाखुराको छालामुनि राख्ने क्यापसुल इम्प्लान्ट

स्थायी साधनहरु

(क) मिनिल्याप अथवा महिला बन्ध्याकरण

(ख) भ्यासेक्टोमी अथवा पुरुष बन्ध्याकरण

३. परिवार नियोजन कस्तो अवस्थामा गरिन्छ र यो कुन बेला गर्दा उपयुक्त हुन्छ ?

आफुले इच्छाएको समयमा र दुई सन्ताका बीचमा केही समयको जन्मान्तर राखेर मात्र सन्तान जन्माउने इच्छा भएका र यौन क्रियाकलापमा संलग्न भएका वा संलग्न शुने तयारीमा लागेको सबै ब्यक्तिहरुले परिवार नियोजनका अस्थाई साधन मध्ये कुनै एक अपनाउन सकिन्छ । जस्तै पुरुष कण्डम,कपर टी , खाने चक्की , डिपोप्रोभेरा र इम्पलान्ट । सन्तानको रहर पुगीसकेका वा सन्तान जन्माउने इच्छा नभएका दम्पतिहरुको पुरुषले पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) वा महिलाले महिला स्थायी बन्ध्याकरण ( मिनिल्याप) गर्न सकिन्छ ।

४. युवाहरुलाई किन परिवार नियोजनको बारेमा जान्न आवश्यक छ ?

युवावस्था सिक्ने र आफ्नो भविष्य बनाउने उमेर हो । यसै उमेरमा विभिन्न शारीरिक मनोसामाजिक परिवर्तनहरु पनि हुने गर्दछ । विवाह तथा प्रेमी प्रेमीका बनाउने एवं यौन क्रियाकलापमा पनि बढि इच्छा एवं सक्रियता यसै समयमा हुने गर्दछ । तर सिक्ने र आफ्नो भविष्य बनाउने उमेरमा यदि विवाह भयो तथा यौन सम्पर्क हुन गई अनिश्चित गर्भ रहन गई आफु आमा या बुबा बन्ने अवस्था आएमा आफ्नो र बच्चाको भविष्य अन्धकारमय हुन सक्दछ । आफुले इच्छाएको समयमा र दुई सन्तानका बीचमा केहि समयको जन्मान्तर राखेर मात्र सन्तान जन्माउनको लागि युवाहरुले परिवार नियोजनको बारेमा जान्नु अति अबवश्यक छ ।

कमेन्ट गर्नुहोस्