नेकपा कार्यदलको बैठक सकियो, दश दिनभित्र रिपोर्ट बुझाउने

काठमाडौं, पुष १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिले बनाएको कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतासँग जोडिएका समस्या समाधानको विकल्पसहित प्रतिवेदन बुझाउने कार्यादेश पाएको कार्यदलको पहिलो बैठक आज सम्पन्न भएको हो ।

महासचिव विष्णु पौडेलसहितको कार्यदलले कार्यारम्भ गर्दै १० दिन भित्र प्रतिवेदन बुझाउने तयारी गरेको एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठक अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहित बसेको हो ।

याे पनि पढ्नुस  नेकपाले २ नं प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, अब सरकार ढल्छ ?

कार्यदलले १० दिनभित्रमा एकता हुन बाँकी रहेका पार्टी संगठन तथा जनबर्गीय संगठनहरुको एकताको खाका तयार पार्ने छ । विधानमा बाझिएका विषयमा पनि कार्यदलले प्रस्ताव तयार गर्ने सदस्य बेदुराम भुसालले जानकारी दिए ।

‘कार्यदलले तलका कमिटी र जनसंगठनहरुको एकताको प्रस्ताव तयार गर्छ, पोलिटव्यूरो गठनदेखि केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका कामहरुको पनि प्रस्ताव तयार पार्ने र विधानकै बारेमा पनि राय दिनेछ,’ भुषालले भने ।

कमेन्ट गर्नुहोस्