कार्यकक्षका टेबुल–कुर्सी फालिए, प्रेम सञ्जेल कार्यालय जान छाडे

बिराटनगर, पुष १६ । श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपले टेबुल कुर्सी हटाइ दिएका हुन् ।

गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग गोपको विवाद भएको थियो । भष्ट्राचारीका रुपमा आफ्नो नाम लिएको भन्दै गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी बाहिर फालेका हुन् ।

गोपले कार्यकक्षको टेबुल कुर्सी निकालेपछि सञ्जेल र्फकेर श्रम कार्यालय पुगेका छैनन् । गत सोमबार फालिएका टेबुल कुर्सी र सोफामध्ये कार्यलय सहयोगीले कुर्सी र सोफा भने कार्यकक्षमा ल्याएका छन् । तर, टेबुल भने अझै बाहिरै फालिएको छ ।

गोपको पनि सुरुवा

सञ्जेलको कार्यकक्षको टेबुल कुर्सी बाहिर फाल्ने तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपको पनि सरुवा भएको छ । करिब पाँच वर्षयता विराटनगर कार्यालय प्रमुखको रुपमा काम गरिरहेका गोपको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग काठमाडौं सरुवा भएको हो ।

बरिष्ठतम अधिकृतको सरुवा भएपछि काम काज गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी अधिकृत ताम्रराज काफ्लेलाई दिइएको छ । अनलाइन खबरबाट

कमेन्ट गर्नुहोस्