इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त

काठमाडौं, पुष १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा सोमबार नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा डा. शाक्यलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्