दुई ट्रककाे चपेटामा कार, एकै परिवारका १० जनाकाे मृत्यु

एजेन्सी । भारतको गुजरातमा जीप दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु भएको छ । गुजरातको भजाउ तालुकेमा ट्रकको चपेटामा पर्दा जीपमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको हो ।

घाइते भएका  बाँकी पाँच जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । दुई ट्रक एकआपसमा ठोक्किएका बेला अचानक जीप ट्रककाे चेपेटामा परेको थियो ।

कमेन्ट गर्नुहोस्