अचम्मः पानीको साटो २४ घण्टा नै वाइन बग्ने फोहरा, फ्रिमा वाइन पिउन ओइरिन्छन् पर्यटक

इटाली । पत्याउनु भएन ?

त्यसो त यस्तो समाचार कसले पत्याउला ?

चौबीसै घण्टा वाइन बग्ने फोहरा अर्थात् फाउण्टेन पनि हुन्छ र ?

तर यो संसारमा विचित्रका कुराहरु देखिन्छन नै ।

पत्याउनुस, साँच्चि नै इटालीमा एउटा यस्तो झरना छ, जहाँ चौबिसै घण्टा रातो वाइन बग्छ ।

संसारमा सजावटका लागि निर्माण हुने फोहराका डिजाइनहरु फरक फरक भएपनि ती सबैमा एउटा समानता हुन्छ । सबैमा पानी बग्छ ।

यो फोहरा छ इटालीमा । पर्यटकको मुख्य आकर्षण । इकानोमिक टाइम्सदेखि ट्रिप एडभाइजरसम्मले विशेष चर्चा गरेका छन यसबारेमा ।

फाउण्टेन डे भिनो नामले प्रख्यात यो फोहरा इटालीको अबरुज्जा शहरमा छ ।

रोम जाने यात्रीहरुका लागि लक्षित गरिएर यो फोहराको निर्माण गरिएको हो ।

यो वाइन जसले पनि खान सक्छ । पैसा पर्दैन ।

प्राचिन रोमको सभ्यता र सत्कारलाई जीवित राख्न यो स्थापना गरिएको बताइन्छ ।

डोरा सार्चेज नामक वाइन कम्पनीले यो फोहरा बनाएको हो ।

कमेन्ट गर्नुहोस्