नेपाल आइडल रवि ओड जापान प्रस्थान

काठमाडौं, पुष १६ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड जापान प्रस्थान गरेका छन् । उनी सोमबार साँझ आठ बजे जापान प्रस्थान गरेका हुन् ।

 नेपाल आइडलको विदेश भ्रमणको पूर्व योजनाअनुरु दश दिने ‘जापान टुर’ का लागि रविसंगै, पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र टप फाइभमा पुग्न सफल अमित बराल पनि गएका छन् ।

याे पनि पढ्नुस  नेपाल आइडलले मलाई धेरै आमाको माया दिएको छः सुमित पाठक

जापान टुरका लागि रवि आइतबार घरबाट काठमाडौं आएका थिए । सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुँदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात आमाको करेन्ट लागेर निधन भएको थियो । पिडैपिडाकाबीच पनि रवि आफ्नो काममा फर्किएका छन् ।

याे पनि पढ्नुस  आइडलको उपाधि भिडन्त नजिकियो, बिक्रमका समर्थक झन् बढ्दै

कमेन्ट गर्नुहोस्