नेपाल आइडलका ‘टप फाइभ’ जापान उडे

काठमाडौं, पौष १६ । नेपाल आइडल रवि ओडसहित पाँच प्रतिस्पर्धी जापान प्रस्थान गरेका छन् । टप ५ प्रतिस्पर्धीसहितको टोली आज ८ बजे जापान प्रस्थान गरेको हो ।

आइडल रवि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीका साथमा अमित बराल पनि जापान उडेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियासंग कुरा गर्दै नेपाल आइडल विजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए ।

उनले आगामी दिनमा आमाले चाहेका बाँकी सपना पूरा गर्ने बताए । साथै, रविले अब आफ्नो सांगीतिक यात्रालाई बलियो बनाउँदै लैजाने बताए ।

कमेन्ट गर्नुहोस्