गायक तथा मोडल सरोज गौतमको ‘तिम्रै तस्विर’ सार्वजनिक (भिडियोसहित)

गायक सरोज गौतमको आधुनिक गीत ‘तिम्रै तस्विर’ सार्बजनिक भएको छ ।

करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नयाँ वर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक गर्ने गरेका छन् ।

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ । छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन ।

गायक तथा मोडल सरोज गौतम र स्मृति श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन ।

भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्