सन्दीपको अर्को रेकर्डः चार खेलमा ४ कप्तान शिकार !

काठमाडौं, पुष १७ । बिग बास लिगको चौथो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । सन्दीपले मेलबर्न स्टार्सको तर्फबाट डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध आफ्नो दोस्रो ओभरमा कप्तान टम कोपरलाई बोल्ड आउट गरेका हुन् ।

सन्दीपले खेलेका लगातार चार खेलमा चार फरक कप्तानलाई आउट गरे । सिड्नी थण्डरका कप्तान शेन वाट्सन, होबार्ट हुरिकेनका कप्तान म्याथ्यु वेड र सिड्नी सिक्सर्सका कप्तान मोइसिस अनरिकेलाई यस अघिका खेलमा आउट गराएका सन्दीपले आजको खेलमा पनि उक्त शृंखलालाई कायम राख्न सफल भए ।

रेनेगाड्स विरुद्को आजको खेलपछि सन्दीपले करिब एक महिना भने बीबीएल गुमाउनु पर्नेछ । यो खेलपछि सन्दीप स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् ।

कमेन्ट गर्नुहोस्