भोली बिहान १० बजे प्रधानमन्त्री ओली बालकुमारीमा

काठमाडौं, पौष १८ । प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान १० बजे बालकुमारी जाने भएका छन् । बालकुमारीस्थित प्रशोधन केन्द्रको शिलान्यास गर्न प्रधानमन्त्री बालकुमारी जाने भएका हुन ।

मेलम्चीको खानेपानी राजधानीमा वितरण भएपछि त्यसबाट अहिले भन्दा निकै ठूलो मात्रामा फोहोर तथा ढल निस्किने भएकोले सो को व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना हुने भएको हो ।

खानेपानी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीका अनुसार, प्रधानमन्त्री आउने कार्यक्रम यसअघि ११ बजे तोकिएकोमा समयतालिका परिवर्तन भएको हो । प्रधानमन्त्रीले शिलान्याससँगै सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्