‘स्वर्ण पदक’ विजेता डम्बर बोहरालाई गृह जिल्लामा भव्य स्वागत

काठमाडौं, पुष १८ । भारतको नयाँ दिल्लीमा सम्पन्न ‘इन्डिया ओपन कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा ‘गोल्ड मेडल’ जितेका डम्बर बोहरालाई गृह जिल्ला कञ्चनपुरमा भव्य स्वागत गरिएको छ । उनलाई जिल्लाबासीले स्वागत एवं बधाई व्यक्त गरेका हुन् ।

केही दिनअघि ८० किलोग्राम समूहमा ‘स्वर्ण पदक’ जितेका थिए । डम्बरले भारतीय खेलाडीलाई हराउँदै ‘गोल्ड मेडल’ हात पारेका हुन् । प्रतियोगिता पुष १४ देखि १६ गतेसम्म भएको हो ।

कमेन्ट गर्नुहोस्