युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छः राष्ट्रपति भण्डारी

विराटनगर, पौष १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएकी छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औं वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयलाई यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताइन् ।

याे पनि पढ्नुस  राष्ट्रपतिद्वारा रोयल क्यासल र विज्ञान टावर अवलोकन

उनले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिइन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग पर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्ने बताए ।

याे पनि पढ्नुस  राष्ट्रपतिद्वारा दाङ बस दुर्घटनाप्रति दुःख व्यक्त

शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापाले विश्वविद्यालयको गतिविधि तथा आगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गरेका थिए ।

याे पनि पढ्नुस  मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः राष्ट्रपति

कार्यक्रममा विश्वविद्यालयमा सहयोग पुर्याउने सेवा आयोगका प्रथम अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति ध्रुवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो । रासस

कमेन्ट गर्नुहोस्