काठमाडौं, पुस २० ।
साताको अन्तिम दिन अर्थात शुक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।
बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार नेपाली बजारमा चाँदीको ५ रुपैयाँले बढेको छ ।
बिहीबार चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर ७ सय ६५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।