मन्त्री बस्नेतको चरित्रहत्या गर्ने समाचारप्रति सचिवालयको आपत्ती

काठमाडौं, पुष २१ । चरित्र हत्या गर्ने गरि वनमन्त्री शक्ति बस्नेतबारे समाचार लेखिएको भन्दै उनको सचिवालयले आपत्ती जनाएको छ । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री बस्नेतलाई घाईते पूर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेको भन्ने समाचार केही मिडियामा लेखेपछि सचिवालयले कडा आपत्ती जनाउँदै त्यस्तो कार्यमा संलग्न मिडिया र पत्रकारलाई कार्वाहीको मागसमेत गरेको हो ।

याे पनि पढ्नुस  मन्त्री बस्नेत भन्छन्, ‘एक वर्षमै सरकारको मूल्यांकन गर्नु हतार हुन्छ’

समाचारमा आएको कुरा हुँदैन भएको सचिवालयले स्पष्ट पारेको छ । बरू मन्त्री बस्नेतको पहलमा घाईते जनसेनालाई सहयोग गरेको जनाएको छ । घाइतेहरूको समस्या हल गर्ने मन्त्रालयको क्षेत्राधिकार नभए पनि मन्त्रीको तर्फबाट र सचिवालय तर्फबाट आर्थिक खाद्यान्न लगाएतका सहयोग गरिएको स्वकीय सचिव भिम बहादुर रोकाय (मुस्कान) ले बताए ।

याे पनि पढ्नुस  कर्णालीका जनता सिरानीमा सुन राखेर नुन खोज्न बाध्य भए– शक्ति बस्नेत

उनले भने, ‘मन्त्री बस्नेत घाइते जनसेनाको समस्या समाधानमा पुरै लाग्नुभएको विषयलाई लुकाएर कपोलकल्पित समाचार प्रकाशन गर्नु खेदजनक मात्रै होईन गम्भीर षड्यन्त्रमूलक पनि छ । हामी उक्त भ्रमपूर्ण र कपोलकल्पित समाचारबाट भ्रमित नहुन अपील पनि गर्दछौं ।’

कमेन्ट गर्नुहोस्