बिपिएलमा सन्दीप अाज पहिलाे खेल खेल्दै

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले आज (आइतबार) पहिलो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १२ः१५ बजे शुरु हुनेछ । सन्दीपको टोलीको नेतृत्व चर्चित क्रिकेटर डेबिड वार्नरले गर्दै छन् ।

 

सिलहेट सिक्सर्सलले आज तामिम इकबाल कप्तानी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै सुखत शुरुवात गर्ने तयारी गरेको छ । बिग ब्यास लिग (बीबीएल) को ४ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेश हानिएका सन्दीपले बीपीएलको आफ्नो पहिलो खेलमा स्थान पाउने सम्भावना छ । बीपीएलमा एक टोलीले आफ्नो प्लेयिंग–११ मा कम्तिमा ४ जना बिदेशी खेलाडी राख्न पाउँछ ।

 

पछिल्लो सिजनमा भने ५ जनासम्म बिदेशी खेलाडी खेल्न पाउने नियम थियो। सन्दीपको टोलीले दोस्रो खेल जनवरी ९ तारिखमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाँका डाइनामाइट्ससंग खेल्नेछ । बिपिएल टि–२० सन् २०१२ देखि सुरु भएको हो र यो प्रतियोगिताको छैठौं संस्करण हो।

कमेन्ट गर्नुहोस्