सहकारी संस्था समृद्धीका आधार हुन्ः नगरप्रमुख वड

धनगढी, पुस २२ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुको सही व्यवस्थापनबाट नै समृद्धिको आधार तय हुने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यसका लागि सहकारीमा सबैंको पहुँच वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले भने– ‘ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हँुदैन, त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले व्यावसायिक कृषि क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने– ‘जे गरेर जनताको जीवनस्तरमाथि उठ्न सक्छ त्यसमा लगानी केन्द्रित गर्नुहोस् ।

नगरप्रमुख वडले शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए ।

धनगढी उपमहानगरपालिका ८ का अध्यक्ष नारायण बरालले सहकारी सम्वन्धी नयाँ ऐन आइसकेकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए ।

फोटो क्याप्सन ः कैलालीको धनगढी उपमहानगरपालिका ८ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वड ।

कमेन्ट गर्नुहोस्