कांग्रेसद्वारा रोष्ट्रम घेराउ, होहल्लाका बीच सदन स्थगित

काठमाडौँ, पुस २२ । प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा प्रश्न गर्न नदिइएपछि प्रतिनिधिसभामा भएको हङ्गाबीच निवृत्तिभरण विधेयक २०७५ र भुक्तानी तथा फर्स्यौटसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूले प्रश्न सोध्नपाउनुपर्ने माग गरेपछि सभामुख कृष्णबहादुर महराले सीमित सदस्यहरूलाई एक मिनेटभित्र विषयवस्तुमा केन्द्रित प्रश्न राख्न दिँदै कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललाई अनुमति दिएपछि रिजाललगायतका सांसदहरूले सङ्ख्या तोक्न नमिल्ने जिकिर गरेका थिए ।

याे पनि पढ्नुस  सदनमा प्रधानमन्त्री बोल्ने कि देउबा बोल्ने भन्ने विवाद, प्रतिनिधिसभाको बैठक स्थगित

त्यसपछि सभामुख महराले आह्ज्को बैठकबाट शून्य समय हटाइएको घोषणा गर्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई उक्त प्रतिवेदन पेश गर्न लगाएका थिए ।

यसैबीच रोष्ट्रम घेराउ गर्न अघि बढेका प्रतिपक्षी सांसदहरूलाई मर्यादापालकहरूले रोकेका थिए । कृष्णप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले चर्को नाराबाजी गरेका थिए । त्यसपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा हङ्गामा

 

कमेन्ट गर्नुहोस्