काबुल । अफगानिस्तानको बदखशान प्रान्तमा ठूलो दुर्घटना भएको छ ।
राज्यको कोहिस्तान जिल्लामा एउटा सुनको खानीमा फसेर तीस जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनमा ७ जना घाइते छन ।
आज बिहान ११ बजे दुर्घटना घटेको थियो ।
राज्य गभर्नरका प्रवक्ता नेक मोहम्मद नजारीका अनुसार, केही मानिसहरुले सुनको खोजीमा नदीमुनि ६० मीटरको गहिरो खाडल खनेका थिए । यही क्रममा भित्ता स्खलन हुँदा पुग्दा सबै मानिस भित्रै च्यापिए । नजारीका अनुसार, उनीहरुले खाडल खन्न मशिनको प्रयोग गरेका थिए । तर के कति कारण भित्ता स्खलन भयो भन्ने कुरा थाहा हुन सकेको छैन ।
प्रवक्ताका अनुसार, उक्त खनन गर्नेहरु पेशेवेर थिएनन । दशकौंदेखि उक्त क्षेत्रका बासिन्दाले यही काम गर्दै आएका छन् । । यो काममा सरकारको कुनै नियन्त्रण छैन ।
सरकारले उद्धार टोली घटनास्थलमा पपठाएको छ । पदखशान अफिगानिस्तानको सीमा क्षेत्रमा रहेको छ । यहाँबाट पाकिस्तान ताजिकिस्तान र चीनको सीमा शुरु हुन्छ ।