हाब्रेको छालासहित २ जना पक्राउ

जाजरकोट, पुष २२ । जाजरकोट खलङ्गाबाट दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित नलगाड नगरपालिका – ५ कालीमाटीका २५ वर्षीय गणेश सुनार र अर्का २५ वर्षीय युवराज विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित रातो हाब्रेको छाला बिक्री गर्ने तयारीमा रहेका उनीहरुलाई होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रवीन्द्रबहादुर सिंहले बताए ।

छालाको तस्करीमा मुख्य भूमिकमा खेल्ने डोल्पा घर भएका दिपक भनिनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई जनालाई पक्राउ भएकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

दुर्लभ वन्यजन्तु रातो हाब्रेको बासस्थान रहेको बारेकोट र कुसे गाउँपालिकाबाट तस्करले छालाको चोरी निकासी गर्ने गरेको प्रहरीको अनुमान छ । रासस

कमेन्ट गर्नुहोस्