कतारको जेलमा रहेका ९ नेपाली बन्दीलाई आममाफी

दोहा, पुष २३। कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दिलाई त्यहाँको सरकारले आममाफी दिएको छ।

गत डिसेम्बर १८ तारीखका दिन कतारको रास्ट्रीय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ।

याे पनि पढ्नुस  साउदी अरेबियामा ६७४ नेपालीमा कोरोना संक्रमण, एकको मृत्यु

कतार सरकारले हर्यक बर्ष रास्ट्रीय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका बन्दी मध्य असल चालचलनमा रहने बन्दीहरुलाइ आममाफी मार्फत रिहाई गर्दै आएको छ भने यसपटक कतार स्थित नेपाली दूतावासको पहलमा ९ जना बन्दी रिहा हुन सफल भएको दूतावासले जनाएको छ।

याे पनि पढ्नुस  एनसीसी कतारको कार्यसमिति चयन प्रक्रिया अघि बढाइयो

आममाफी मार्फत को को रिहा भएका हुन भन्ने बारे दूतावासले खुलाएको छैन । “बन्दीहरुले आफ्नो नाम ठेगाना सार्बजनिक नगर्न अनुरोध गरेपछि हामीले गोप्य राखेका हौ ” दूतावास स्रोतको भनाइ छ।

कमेन्ट गर्नुहोस्