बजारमा फेरि महँगियो सुन !

काठमाडौं, पुस २४ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  ह्वात्तै बढ्यो सुनको मूल्य

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

म‌ंगलबार नेपाली बजारमा चाँदीको ५ रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय ५५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्