प्रचण्ड भन्छन्, ‘ठुलै खिचातानी छ भन्ने नठान्नु, सबै दल मिलेर जाने सहमति भएको छ’

चितवन, पुस २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् ।

पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकमा बोल्दै विकास निर्माणमा सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उनले भने, “तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।”

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्,- ‘भरतपुर महानगरले विकासको नमूना मोडेल देखाएको छ’

प्रचण्डले भने, “राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।” जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उनले सुझाव दिए । अध्यक्ष प्रचण्डले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताए ।

याे पनि पढ्नुस  महासचिवको– ठोकुवा सरकारले राम्रा काम गरेको छ

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताए । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पुर्याउन लागिएको उनले बताए । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने प्राधिकरण प्रमुख ज्ञवालीले बताए ।

याे पनि पढ्नुस  ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, यस्तो भयो छलफल

सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, रामलाल महतो, रीना गुरुङ्, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ति नगरपालिका प्रमुख प्रभा बराल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्, रत्ननगर नगरपालिका उपप्रमुख बिमला दुवाडी लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्