बंगलादेश प्रिमियर लिगः सन्दीपको टोलीले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, पुष २५ । जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले आफ्नो दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

आज सन्दीपको टोलीले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ । पहिलो खेलमा हार बेहोरेको सिक्सर्सले आज पहिलो जित दर्ता गर्ने लक्ष्यकासाथ मैदान उत्रेको छ । खेल १२ः१५ बजेदेखि शुरु हुनेछ ।

सन्दीपको टोलीमा को-को छन् ? 
डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वार्नरबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज, नासिर होसेन, सब्बिर रहमान, सोहेल तनबिर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन् ।

कमेन्ट गर्नुहोस्