विपन्न बाहुन, क्षेत्री विधेयक राज्यसभामा पेश

नयाँदिल्ली : सवर्ण आरक्षण विधेयकबारे भारतीय राज्यसभामा छलफल भइरहेको छ। मंगलवार भारतीय लोकसभाबाट उक्त विधेयक पारित भएको हो। भारतमा विपन्न बाहुन, क्षेत्री जस्ता जातलाई पनि १० प्रतिशत आरक्षण दिने विषयमा नरेन्द्र मोदी सरकारले कानुन प्रस्ताव गरेको हो।

भारतीय प्रधानमन्त्री मोदीले गरिबका लागि यो अवसर भएको चर्चा गरेका छन्। कोही पनि राज्यबाट वञ्चित भएको महसुस नगरोस् भनेर यो विधेयक ल्याएको उनले बताए। भारत स्वतन्त्र भएको ७० वर्षपछि यस्तो कानुन ल्याइएको उनको कथन छ। आफूले गरिब लक्षित आरक्षण लागू गरेको उनले दाबी गरे। विपन्न वर्गलाई शैक्षिक संस्था र सरकारी रोजगारमा १० प्रतिशत आरक्षण गर्नुपरेको उनको भनाइ छ। उनले यो विधेयक ऐतिहासिक भएको पनि चर्चा गरे।

आफूले कुनै पनि जात वा सम्प्रदायका व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने जिकिर गरे। मेदीले ‘सबका साथ, सबका विकास’ सिद्धान्तका लागि यो विधेयक निकै महत्वपूर्ण भएको बताए।  

कमेन्ट गर्नुहोस्