प्रदेश २ मा राष्ट्रपति शासन लगाउन मधेश अधिकारकर्मीको माग

काठमाडौं, माघ २ । प्रदेश नंं २ मा भ्रष्टाचार र बेथिति मौलाएको भन्दै राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने माग उठेको छ ।

मधेश मामिलाका विश्लेषक तथा अधिकारकर्मी डा. राजेश अहिराजले प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप हुने बताएका हुन।

रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम ‘मूलप्रवाह’ को कार्यक्रममा अधिकारकर्मी अहिराजले भने, “राष्ट्रपतिले समयमै हस्तक्षेप नगरे प्रदेश नम्बर २ नेपालको लागि अभिशाप हुनेु चेतावनी दिए। ‘यदि बेलैमा राष्ट्रपतिले हस्तक्षेप नगर्ने हो भने प्रदेश २ नेपालका लागि सधैं दीर्घरोग हुनेछ,”

याे पनि पढ्नुस  लालबाबु राउत फोरमबाट मुख्यमन्त्रीका उम्मेदवार, संसदीय दलको नेताको रुपमा चयन

अहिराजले मधेसमा सञ्चार माध्यममा आएका भन्दा पनि दशौँ गुणा बढी भ्रष्टाचार प्रदेशमा भएको दावी गरे। ुबन्दै नबनेको पुल बनिसक्यो भन्ने, बन्दै नबनेको इनार बनिसक्यो भन्ने, रोप्दै नरोपेको रुखको वृक्षारोपण गरेको भनेर बजेट निकासा गर्ने लयायत थुप्रै भ्रष्टाचार भएका छन्।

प्रदेशका मन्त्रीहरूले कानुन हात लिँदा पनि मुख्यमन्त्री लालबाबु राउतले हस्तक्षेप नगरेको अहिराजले बताए। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्दा समेत मुख्यमन्त्री राउत चुप बसेको उनको आरोप छ। समयमै हस्तक्षेप सुरु नहुने हो भने मधेसमा नयाँ प्रकरण सुरु हुने चेतावनी उनले दिए।

याे पनि पढ्नुस  प्रदेश–२ ले स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया शुरु गर्याे

‘आज मन्त्रीले कर्मचारी पिट्छन, भोलि कुनै मन्त्रीले पत्रकार कुटछन्’, मन्त्री र कर्मचारीबीच विश्वासको वातावरण नबनेकाले कानुन हातमा लिने परिपाटी सुरु भएको उनको तर्क छ।

कमेन्ट गर्नुहोस्