स्म्यास टी २० क्रिकेटमा टस जितेर बलिङ गर्दै नेपाल

थाईल्याण्डमा जारी स्म्यास महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक थाईल्याण्डको ए टोलीसंग प्रतिस्पर्धा गरिरहेको छ । 

बैककस्थित टर्थथाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले बलिङ गर्ने निर्णय गरेपछि थाईल्याण्ड ब्याटिङ गरिरहेको छ ।

नेपाल लगातार चौथो जितँंगै समुह विजेता बन्ने लक्ष्यमा रहनेछ । समुह चरणबाटै बाहिरिसकेको आयोजकको ए टोली दोस्रो जितसँगै प्रतियोगीतामा सान्त्वना जित निकाल्ने योजनामा मैदान उत्रनेछ । समुह ए मा रहेको नेपालले समुहचरणको पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा युएईलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ । यो समुहबाट नेपाल र युएईले अन्तिम चारमा स्थान बनाएका छन् । अर्को समुहबाट थाईल्याण्ड र ईण्डोनेसियाले सेमिफाईनल यात्रा तय गरेका छन् । 

ईकान्तिपुरबाट

कमेन्ट गर्नुहोस्