Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भैंसीलाई घाँस हाल्न गएकी बालिका बलात्कृत

मार्तडी, माघ २ । बाजुरामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बालिका बालात्कार आरोपमा जिल्लाको बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउसमेत गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।
‘छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गरेकी थिइन् । त्यसपछि घटना थाहा भएको हो’ डिएसपी भाटले भने, ‘आमाले नै प्रहरीलाई जानकारी गराएपछि थापालाई पक्राउ गरिएको हो ।’थापाले बलात्कार स्वीकार गरिसकेको प्रहरीको भनाई छ ।

छोराबाट नातीहरुसमेत भइसकेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: