मुख्यमन्त्रीलाई थारु अगुवाको ज्ञापनपत्र

लहान, माघ २ । थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र आज बुझाएको छ ।

प्रदेशको हरेक निकायमा थारु जातिको जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता, लोकसेवा आयोगमा जातीय जनसङ्ख्याको आधारमा कोटा निर्धारण, थारु सङ्ग्रहालय स्थापना, थारु बाहुल्यता क्षेत्रका जिल्लामा थारु भाषाको पाठ्यपुस्तक कम्तीमा आधारभूत विद्यालयसम्म लागू, प्रदेश नं २ मा थारु होमस्टेको विकास, जाँड, रक्सी जुवातास दुर्व्यसन नियन्त्रणका लागि ठोस नीति कार्यक्रम सञ्चालन गर्नुपर्ने माग ज्ञापनपत्रमा अघि सारिएको छ ।

याे पनि पढ्नुस  प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

उच्च शिक्षामा अध्ययरत थारु विद्यार्थीलाई छुट्टै छात्रवृतिको व्यवस्था, थारु महिलामा भएको मौलिक सीप कलालाई उत्थान गरी त्यसको आधारमा स्वरोजगार सिर्जना, स्नातक उत्तीर्ण शिक्षित बेरोजगार युवालाई समेटी प्राविधिक ज्ञान तालीमसँगै स्वारोजगार कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका माग उल्लेख छ । सुरुङ्गा नगरपालिका– ५ कुशाहामा सञ्चालन हुने दुई दिने माघी महोत्सव उद्घाटनमा आएका मुख्यमन्त्री राउतलाई सभाका सप्तरी अध्यक्ष शिवनारायण चौधरी (शिबा) ले ज्ञापनपत्र बुझाएका थिए ।

याे पनि पढ्नुस  एमबीबीएसका तीन दलित विद्यार्थीलाई मुख्यमन्त्रीद्वारा ९ लाखको चेक हस्तान्तरण

मुख्यमन्त्री राउतले ज्ञापनपत्रमार्फत अघि सारिएका कतिपय कुरा प्रदेश सरकारले यसअघि नै सञ्चालन गरिसकिएको र क्रमशः अरु माग पूरा गर्दै जाने आश्वासन दिए । (रासस)

कमेन्ट गर्नुहोस्