गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो

काठमाडौं, माघ ३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले शिष्टाचार भेटवार्ता गरेका छन्। आज गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

भेटवार्तामा गृहमन्त्री थापाले राजदूतको रुपमा कार्यभार सम्हालेका मेनलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे।

याे पनि पढ्नुस  ‘मिस फायर’ हुँदा कुमार पौडेलको मृत्युः गृहमन्त्री थापा

पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै गृहमन्त्री थापाले त्यसको सफल परिणाम आउने विश्वास व्यक्त गरे।

राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

याे पनि पढ्नुस  नेपालले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छुः गृहमन्त्री थापा

उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाईदिन गृहमन्त्री थापासँग आग्रह समेत गरे। भेटमा राजदूत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका थिए।

कमेन्ट गर्नुहोस्