डिसी नेपालका बहराइन संवाददाता अरुण राउतको निधन

बहराइन,माघ ४। बहराइनमा रोजगारीसँगै पत्रकारिता र सामाजिक काममा सक्रिय पत्रकार अरुण राउतको मंग्लवार निधन भएको छ।

झापा सिवसत्तासी नगरपालिका ११ घर भइ हाल बहराइनमा कार्यरत राउत केही बर्ष डिसी नेपालका लागि बहराइन संवाददाता भएर काम गरेका थिए ।
कलाकारितामा समेत रूची भएका अरूण अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च बहराइनका पूर्व महासचिव हुन्।
पत्नी संगै बहराइनमै कार्यरत राउत परिवारका जेठा छोरा हुन् ।

पहिले कार्यरत कम्पनी अलसाहयाको काम छाडेर अरूणले केही महिना अघिदेखि बहराइनमा आफ्नै आमाको नाममा मुनादेवी कोल्ड स्टोर खोलेका थिए ।
निम्न आर्थिक पारिवारिक अवस्थाका कारण उनी वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । तर अल्पायुमै उनको निधन भएपछि परिवारमा बज्रपात परेको छ । परिवारको जेठो छोरा एवं मुख्य सहारा रहेका अरूणको अभावमा परिवारमा पीडा र भविष्यको अन्योलता थपिएको छ ।

राउतको मृत्युपछी परिवारको बिचल्ली भएको भन्दै डिसी नेपालले आफ्नो पहलमा राहत र सहयोगका लागि रकम संकलनको अभियान सुरु गरेको छ । संकलित रकम अरूणको परिवारलाई हस्तान्तरण गर्ने बताउदै सहयोगका लागि अपिल गरेको छ ।
डिसी नेपाललले राउतको परिवारलाइ गो फन्ड मि मार्फत एक हजार पाँच डलरको सहयोग गरेको जनाएको छ।

अरूणको परिवारलाई सहयोग गर्न चाहानेले गो फन्ड मि को लिंकमा गएर चाहेको रहकम सहयोग गर्न सकिन्छ ।
गो फन्ड लिंक – https://www.gofundme.com/help-arun-chetri039s-family-fund?fbclid=IwAR18J6lizqB9x4tpLZI4lplmxXxxHwaBjbOX0BZch0PzDxI7BgmmhYyZ5gw

कमेन्ट गर्नुहोस्