युवतीलाई खुकुरी हानेपछि आफ्नै घाँटी रेटी आत्महत्या

बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा नगरपालिकामा दुई युवतीलाई खुकुरी प्रहार गर्ने व्याक्ति मृत फेला परेका छन्। अर्जुनधारा नगरपालिका १० चुथाई निवासी २४ वर्षीया जमुना ओझा र २१ वर्षीया बिना भारतीलाई घरमा सुतिरहेको अवस्थामा खडानन्द पौडेलले शनिबार बिहान खुकुरी प्रहार गरेका थिए।

याे पनि पढ्नुस  बुद्धशान्तिमा स्वतन्त्र युवाको मोटरसाइकल र्याली

खुकुरी प्रहारपछि उनले पनि सोहि खुकुरीले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठकाअनुसार शनिबार बिहान साढे ५ बजे ओझा र भारतीलाई पौडेलले खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारपछि पौडेलले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीको भनाइ छ। उनको लास जमुनाको घरबाट २० मिटर पर फेला परेको थियो।

कमेन्ट गर्नुहोस्