हामीलाई सडकमा जान बाध्य नपारियोस्ः सभापति देउवा

पोखरा, माघ ५ । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएको आरोप लगाएका छन् । नेपाल निजामति कर्मचारी यूनियन (संघ) गण्डकी प्रदेशको शनिबार पोखरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसले कर्मचारीमाथिको थिचोमिचो नसहने बताए। ‘कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यताबिरुद्धका कुनै पनि चिथोमिचो असह्य छ’ उनले भने, ‘हामीलाई सडकमा जान बाध्य नपारियोस्।’

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणमा कांग्रेस गम्भीर छः नेता बडू

कांग्रेस नेताका नामबाट खोलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिध्याउने खेल रहेको भन्दै आफ्ना नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई ‘एलर्जी’ भएको उनको टिप्पणी थियो।

कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको बृति विकासमा बाधा नहुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले कर्मचारीले पनि आफ्नो दायित्व पूरा हुनेगरी काम गर्नुपर्ने बताए।

याे पनि पढ्नुस  न्यायालयविरुद्धको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री कोइरालाले मागे माफी

कमेन्ट गर्नुहोस्