धोनीले तोड्दै छन् सचिनको रेकर्ड

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले नयाँ किर्तीमान बनाउने सम्भावना बढेको छ । केही दिनअघि सकिएको अस्ट्रेलियाविरुद्धको एकदिसीय श्रृंखलामा लगातार तीन खेलमा अर्ध शतक प्रहार गरेपछि धोनी नयाँ किर्तीमान नजिक पुगेका हुन् ।

उनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्डुलकरको रेकर्ड तोड्ने आशा जगाएका छन् । भारत र न्यूजिल्यान्डबीच पाँच एकदिवसीय श्रृंखला २३ जनवरीदेखि शुरु हुँदैछ । यदि धोनीले यो श्रृृंखलामा जम्मा १ सय ९७ रन बनाउन सके सचिनको न्यूजिल्यान्ड भूमिमा सर्वाधिक रन बनाउने रेकर्ड तोड्ने छन् ।

न्यूजिलयान्ड भूमिमा भारतबाट सर्वाधिक रन बनाउने सूचिमा सचिन पहिलो स्थानमा छन् ।  उनले न्यूजिल्यान्ड भूमिमा कूल ६५२ रन बनाएका छन् । धोनीले भने ४५६ रन मात्र प्रहार गरेका छन् । भारत र न्यूजिलयान्डबीच पहिलो वान डे खेल २३ जनवरीमा हुनेछ ।

कमेन्ट गर्नुहोस्