हराएको ५ लाख फिर्ता

दमक, माघ ८ । हराएको ५ लाख रुपैयाँ सम्बन्धित धनीलाई प्रहरीले फिर्ता गराएको छ । अटो रिक्सामा मङ्गलवार दिउँसो छोडिएको नगद ५ लाखसहितको ब्याग इलाका प्रहरी कार्यालय बिर्तामोडले इलामको रोङ गाउँपालिका २ का व्यापारी प्रदीप सुन्दासलाई बुझाएको हो ।

उनी झापाको शनिश्चरे बजारबाट अटो रिक्सा चढेर बिर्तामोड आएका थिए। ओर्लिदा २ ब्याग बोकेका सुन्दासले पैसा भएको ब्याग अटोमै छाडेका थिए। पैसाको ब्याग अटोमै छोडिएको एक छिन पछि थाहा पाएका सुन्दास तत्काल प्रहरी कार्यालय पुगेका थिए।

याे पनि पढ्नुस  डलरको भाउ अहिलेसम्मकै उच्च

उनको जानकारी अनुसार प्रहरीले नगरमा जडित सिसी क्यामेराको सहायतामा अटो रिक्सा पहिचान गरेको थियो।  नगदसहितको ब्याग अटो रिक्साका चालक अर्जुनधारा नगरपालिका ३ का ३७ वर्षीय कमल ढुंगेलले सुरक्षित राखिदिएका थिए। पहिचान लगत्तै अटो खोज्दै आएको प्रहरी टोलीलाई अटो चालक ढुंगेलले नगदसहितको ब्याग फिर्ता दिएका थिए।

याे पनि पढ्नुस  बैंकले घटाउन थाले कर्जाको ब्याजदर

कमेन्ट गर्नुहोस्