डडेल्धुरा, डडेल्धुरामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा गन्यापधुरा गाउँपालिका–४ गनेडाकी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएकी देउवालाई उपक्षेत्रीय अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत्यु घोषणा गरिदिए। यस्तै, आलिताल गाउँपालिकाकै– ५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।