कृषिमा प्रभावकारी योजना निर्माण गर्न आवश्यक छः मन्त्री खनाल

नारायणपुर, माघ १० । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘वलदेव’ले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य संघ दाङले बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले भने, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ ।

मन्त्री खनालले नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको उल्लेख गर्दै मुलुकको ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि यसको प्रभावकारी विकास हुन नसकेकोमा दुःख व्यक्त गरे ।

‘दुई तिहाइ जनसंख्या कृषिमा संलग्ता हुँदा पनि कृषि उपज बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ’ उनले भने, ‘आधुनिक प्रविधिसँग जोडेर कृषि क्षेत्रको विकास गर्न सकेमा विदेशिएका धेरै युवालाई स्वदेशमै रोजगार दिन सकिन्छ ।’

कमेन्ट गर्नुहोस्