काठमाडौं, माघ १० । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मूल्यांकन गर्ने समय भइनसकेको बताएका छन् । गणेश हिमाल पर्यटन समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘एक वर्षमै सरकारको मूल्यांकन गर्नु हतार बाहेक केही हुँदैन।’
२०१५ र ०४८ सालमा पनि एकल बहुमतको सरकार बनेको स्मरण गर्दै मन्त्री बस्नेतले नेतृत्वकोे ढंग नपुग्दा असफल भएको बताए।
‘विगतमा बहुमतको सरकारले ढंग पुर्याएर काम गर्न नसक्दा असफल भए’, बस्नेतले भने, ‘अहिलेको सरकारलाई कुनै पनि नाममा असफल हुने छुट छैन। हामी जनताको काम गर्न सचेततापूर्वक लागि परेका छौँ।’
सरकारसँग जनताले उच्च अपेक्षा राखेको भन्दै उनले जनअपेक्षाअनुसार काम अघि बढाउन सरकार लागि परेको प्रष्ट पारे।